गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।...
भोजपुर, २३ साउन । देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो । हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए […]
काठमाडौं । काठमाडौंको तारकेश्वर–८ मा रहेको दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल लगाएर कब्जामा लिएका छन् । नेकपा एकीकृत समाजवादीका स्थानीय नेतासमेत रहेका श्रेष्ठले गुठीको नाममा रहेको ८५ नम्बरको कित्ताको जग्गा ८८ नम्बरको कित्तामा गाभ्नका लागि पर्खाल […]
The post राजनीतिक शक्ति र पहुँचको आडमा गुठीको जग्गा कब्जा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
वर्षौँसम्म न्याय सम्पादन नहुँदा सरकारी, सार्वजनिक र गुठीको जग्गा हडप्ने प्रवृत्ति बढ्दो, सर्वोच्चमा जग्गासम्बन्धी चार सयभन्दा बढी मुद्दा विचाराधीन
कतिपय न्यायाधीशहरूले मुद्दा पन्छाउन खोजेजस्तो पनि देखिन्छ : हरिहर दाहाल, अधिवक्ता
प्रमाण झिकाउने...
११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकामा वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गा अतिक्रमण भएको पाइएको छ । महानगरको वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर महर्जनको प्रत्यक्ष संलग्नतामा ललितपुर गुठीको जग्गा अतिक्रमण भएको गुठी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बालकुमारीमा रहेको कित्ता नम्बर ९७ को क्षेत्रफल १–१०–२–० जग्गामा बालकुमारी रिमिक्स कल्बले अहिले धमाधम पक्का भवन बनाइरहेको छ […]
काठमाडौं, फागुन ११ । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी […]
वर्षौंदेखि अतिक्रमण गरिरहेको कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठीको जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । गुठी व्यवस्था समितिले वर्षौपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गर्दै एक साताभित्र खाली गर्न अल्टिमेटम दिएको हो । गुठी समितिका उपाध्यक्ष कालिबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ साल जेठ २१ गते गुठी समितिलाई जग्गा अतिक्रमणबारे प्रतिवेदन पेस गरेको थियो […]
धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता […]
देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो ।