पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ। मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका साथै मुलुककै विकासको अभिन्न साझेदार युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए। उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव […]