रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको साइट कार्यालय थाम्बुचेतमा तोडफोड भएको छ। सेयर निष्कासनको विषयलाई लिएर गतलाङका स्थानीयले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका कम्पनीका एक अधिकारीले जानकारी दिए।
उनका अनुसार आज दिउँसो...
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् । कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर […]
आईपिओमा अशंतुष्टि जनाउदै सान्जेन जलविद्युत कम्पनी आयोजनाका आयोजना प्रभावितले सान्जेन जलविद्युतको कार्यलयमा तोडफोड गरेका छन् । आज आइतबार स्थानीयहरुले साइट अफिस, सवारी साधन लगायतमा तोडफोड गरेका हुन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेको कम्पनीले जनाएको छ । उनीहरुले आईपिओ निष्काशन गर्दा गत्लाङका स्थानीयलाई अतिप्रभावितको सुचीमा राख्न माग गर्दै कार्यालय तोडफोड गरेका हुन् । हाल उनीहरुलाई सामान्य प्रभावितमा राखिएको छ । कम्पनीले स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् । शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो । सान्जेनले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
रसुवाको आमाछेदुङ्मो गाउँपालिकास्थित सान्जेन हाइड्रोपावरको कार्यालयमा स्थानीयवासीले तोडफोड गरेका छन् । हाइड्रोको आईपीओ सम्बन्धी विवादमा गाउँपालिकाको वडा नम्बर ३ गत्लाङबासीले कार्यालय तोडफोड गरेको रसुवाका डीएसपी कुलदीप चन्दले रातोपाटीलाई जानकारी दिए । सान्जेन जलविद्युत कम्पनीले केही समयअघि स्थानीय प्रभावितलाई क्लस्टर अनुसार प्रभावित, अतिप्रभावित र जिल्लावासी गरी तीन किसिमका आईपीओ निष्काशन गरेकोमा आयोजना अतिप्रभावित वडा नम्बर ४ र ५ सरह नै सुविधा पाउनुपर्ने माग गर्दै वडा नम्बर ३ का स्थानीयहरु त
२९ साउन, काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफेाड र आगजनी गरेका हुन् । कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले […]