संसद बैठक शुरू हुनुअघि सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी काठमाडौं बाहिर रहेकाले उक्त पार्टीबाट बैठकमा को सहभागी हुने भन्ने खुलेको छैन ।
संसदको प्रमुख प्रतिपक्ष दल नेकप...