क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

सम्बन्धित सामग्री

इजरायली क्षेप्यास्त्र दमासकसमा प्रहार

बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार  समिति संस्था सानाले जनाएको छ । सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए । राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ । इजरायलले सिरियामा दुई दिनमा यो दोस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ । (रासस/सिन्ह्व