सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै दर्जनौ नयाँ बजार विस्तार भएको हो । गाउँ बस्तीमा यातायातको पहुँच पुगेसँगै थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन । त्यस्तै रुकुम पश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी रहेको छ । पूर्वी ने