काठमाडौं । जुम्लामा उत्पादन हुने जुम्ली अग्र्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अग्र्यानिक जिल्लाको […]