ऊर्जामन्त्रीलाई भेटेर अमेरिकी राजदूतकाे आग्रह– एमसीसी अघि बढाउन पहल गरिदिनुपर्‍याे

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा साेमबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा राजदूत बेरीले ऊर्जा एवम् जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा...

सम्बन्धित सामग्री

फेवाताल संरक्षणका काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

पोखरास्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल संरक्षण काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवातालको प्रभावकारी संरक्षणको पहल गर्न राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल शनिबार पोखरामा प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको अतिक्रमित जग्गा छानविन समितिका …

दाङ–सल्यान सुरुङमार्ग बनाउन पहल सुरु

२६ चैत, दाङ । दाङको तुलसीपुर र सल्यानको लुहाम जोड्ने सुरुङ मार्ग बनाउन पहल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो योजनालाई यसै वर्षको बजेटमा समेट्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । सुरुङ्गमार्गको पहलकर्ता मध्येका एक माओवादी केन्द्रका नेता तिलक मल्ल क्षितिजले प्रधानमन्त्री कार्यालयको पत्र […]

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि

चितवन – चितवनकाे भरतपुर महानगरपालिका–१५ मा निर्माणकाे काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेशनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेशनले विभिन्न व्यक्त...

धुर्मुस-सुन्तलीले लगाएको ऋण तिरेर अघि बढाइँदैछ गौतमबुद्ध क्रिकेट रंगशालाको काम

भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्‌बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

नागरिकता विधेयक अघि बढाउन बालकोट पुगे दुई मन्त्री

काठमाडौँ – संसदमा चार वर्षदेखि विचाराधीन रहेको नागरिकता विधेयक अघि बढाउन सरकारले ठोस पहल थालेको छ। यसै साता बालुटार पुगेका जसपा र लोसपाका सांसदहरुलाई तत्कालै नागरिकता विधेयक अघि बढाउने आश्वासन दिएर पठाएका प्रधानमन्त्री देउवाले विधेयक अघि बढाउन मन्त्रीहरुलाई खटाएका छन्। विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेको समेत विश्वासमा लिन गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा […]

एमसीसी अघि बढाउन राजदूत बेरीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटको अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको भन्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे । अमेरिका मानव विकास संसाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै राजदूत बेरीले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गरिने बताए । साथै ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसस्सी) अगाडि बढाउन पहल गरिदिन उनले मन्त्री भुसालसँग आग्रह गरे । मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको बताइन् । एमसीसीबारे राजदूतले गरेको आग्रहप्रति उनले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने धारणा राखिन् । रासस

आदिवासी रंगशाला निर्माण अघि बढाउन फेरि पहल

झापा : कमल गाउँपालिका-५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि स्थानीय सरोकारवालाहरूले फेरि पहल थालेका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा निर्माणाधीन रंगशाला नामकरण विवादका कारण वर्षोदेखि अलपत्र रहेको छ।नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले नेतृत्वको सरकारले निर्माणाधीन आदिवासी रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी बनाएपछि विवाद बढेको हो। ओली सरकारको हटेसँगै सरोकारवालाहरू पुनः निर्माण कार्यलाई तीव्रता दिन एकजुट भएका छन्।यसैबीच आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान

विपद् व्यवस्थापनको कार्य प्रभावकारी ढङ्गले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन

राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारहरूले आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढङ्गले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरूसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक