डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडानमा आईपीटीभी सित्तैमा
‘काईदाको फाइबर नेटमा फाईदाको आईपीटीभी’ योजना अन्तरगत ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरूले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।
काठमाडौं । डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेटको निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिएको यो प्याकेज सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रुपैयाँमा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाइनेछ । त्यस्तै, वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँमा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् । डिसहोमका ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले बताएको छ । हाल देशका मुख्य सहरमा डिसहोमको फाइबर नेट सेवा पुगेको छ ।