बङ्गलादेश र न्युजिल्याण्डबीचको श्रृखंला एक साता पर धकेलियो

बङ्गलादेश र न्युजिल्याण्डबीचको अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी अन्तर्राष्ट्रिय एक साता पर धकेलिएको छ । मार्च १३ मा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल हुने तय भएको थियो । न्युजिल्याण्ड क्रिकेट बोर्डले बङ्गलादेशको न्युजिल्याण्ड विरुद्धको श्रृखंला एक साता पर धकेलिएको तालिका सार्वजनिक गरेको हो । तालिका बमोजिम तीन खेलको एकदिबसीय श्रृखंलाको पहिलो खेल मार्च २० मा ड्युनेडिनमा हुनेछ । दोस्रो एकदिबसीय क्राइस्टचर्चमा मार्च २३ मा खेलाइनेछ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल वेलिंग्टनमा २६ मार्चमा हुनेछ ।

सम्बन्धित सामग्री

न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि बङ्गलादेश टोलीको घोषणा

बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको एकदिबसीय श्रृखंलाको लागि २० सदस्यीय टोलिको घोषणा गरेको छ । देब्रे हातका स्पिनर नसुम अहमदले बङ्गलादेशको राष्ट्रिय टोलिमा पहिलो पटक स्थान सुनिश्चित गर्नुभएको छ । बङ्गलादेशले क्रिकेट विश्वकप सुपर लिग अन्तगर्त न्युजिल्याण्ड विरुद्ध तीन म्याचको एकदिबसीय श्रृखंला र बढी भन्दा बढी टी ट्वान्टी म्याच खेल्ने तालिका रहेको छ । श्रृखंला आगामी मार्च महिनाको पहिलो साता सुरु हुनेछ ।