जाजरकोट– जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ […]