बेनी – वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ ।
सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।
वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो ।
‘वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्...