सहकारीमा देखिएका विकृति र नियामक निकायको भूमिका

हरेक दिनजसो मिडियामा सहकारीको समस्याको विषय आइरहेका छन् । सदस्य र समुदायको दिगो आर्थिक विकासको परिकल्पना गरिको सहकारी क्षेत्रमा बजारको गतिशीलता र कुव्यवस्थाका कारण पछिल्लो समय समस्या सिर्जना भएको देखिन्छ । सहकारीमार्फत विपन्न तथा सीमान्तकृत समुदायको आयआर्जनमा टेवा पु¥याई समृद्धिको आधार तयार गर्ने, उनीहरूको हित प्रवद्र्धन गर्ने, सदस्यहरूको सर्वाङ्गीण विकास गर्ने, समुदायमा सहकारिता प्रवद्र्धन गर्ने […] The post सहकारीमा देखिएका विकृति र नियामक निकायको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

गैरबैंकिङ वित्तीय क्षेत्रको नियमन

सहकारी संस्थाहरू एकपछि अर्को गर्दै समस्याग्रस्त भइरहँदा अहिले सहकारीको नियमन कसले र कसरी गर्ने भन्नेमा बाक्लै बहस हुन थाले पनि सरकारले यसको नियमनका लागि दोस्रो तहका नियामक गठन गर्न भने चासो देखाएको छैन । सहकारी संस्था समस्यामा पर्न थालेको डेढ दशक नाघिसकेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएसँगै सहकारीहरू पनि समस्याग्रस्त बनिरहेका छन् । लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको अवस्था छ । खाई नखाई जोगाएको पैसा बढी ब्याज पाइने आशमा सहकारीमा राखेको रकम फिर्ता नपाएपछि कैयौं व्यक्ति अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यस्तो गम्भीर अवस्था आइसक्दा पनि सहकारीमा देखिएका विकृति रोक्न र यसलाई नियमन गर्न कस्तो निकाय बनाउने भन्नेमा सरकार अनिर्णीत देखिन्छ । यसो हुनु निकै विडम्बना हो । लघुवित्त र सहकारी विशेष प्रकृतिका वित्तीय कारोबार गर्ने संस्था हुन् । त्यसो हुँदा यिनलाई नेपाल राष्ट्र बैंकले नियमन गर्नु हुँदैन । तर, अहिले लघुवित्तलाई बैंकसरह मानेर राष्ट्र बैंकले नियमनका लागि विभिन्न निर्देशन जारी गरेको छ जुन सही मान्न सकिँदैन । ठूलो कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकलाई नियमनको जिम्मेवारी दिनेमा पनि छलफल भएको पाइन्छ । बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न गाह्रो भएकाले तिनको संख्या घटाउन लागेको राष्ट्र बैंकका लागि सहकारीको नियमन त्यति सहज देखिँदैन । तर, एउटा यथार्थ के हो भने वित्तीय कारोबार गर्ने गैरबैंकिङ संस्थाहरूलाई नियमन गर्न एउटा अलग सशक्त नियामक निकायको आवश्यकता छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत ठूला कोषको पनि नियमन आवश्यक छ । यद्यपि यस्ता कोषमा भने समस्या देखिएको छैन । यस्ता ठूला कोषका कारण ब्याजदरलगायत क्षेत्र प्रभावित हुने भएकाले तिनलाई पनि कुनै नियमनभित्र राख्नु उपयुक्त हुन्छ ।  यस्तो नियामक निकाय स्वायत्त बनाउने कि नेपाल राष्ट्र बैंकको मातहतमा बनाउने भन्ने पनि छलफलको विषय बनेको छ । यसका बारेमा पनि पर्याप्त छलफल जरुरी छ । नियामक निकायको आवश्यकता अहिले देखिएको होइन, लामो समयदेखिको माग हो । यो मात्र होइन, सहकारीका लागि पनि कर्जा सूचना केन्द्रको माग भइरहेको छ । यस्ता मागलाई बेवास्ता गर्दाको परिणति नै अहिले सहकारीमा समस्या आउनु हो ।  ३१ हजारभन्दा बढी सहकारी रहेको मुलुकमा नियामक निकाय नहुनु विडम्बना नै हो । यद्यपि सिद्धान्तत: सहकारी संस्था भनेको स्वनियमनमा चल्नुपर्ने संस्था हुन् । तैपनि सहकारीका लागि अलग नियामक बनाउने चलन विश्वका धेरै मुलुकमा देखिएको छ । नियामक निकायको चर्चा भएर पनि बन्न नसक्नुमा चाहिँ स्वार्थको द्वन्द्वले काम गरेको देखिन्छ । मुख्य राजनीतिक दलका सबैजसो नेतृत्वको संलग्नता प्राय: कुनै न कुनै सहकारीमा रहेको पाइन्छ । सहकारीलाई नै राजनीतिक पहुँचको आधार बनाउने पनि छन् । यिनीहरू नियामकको विरुद्धमा देखिन्छन् । सहकारीहरू अनौपचारिक अर्थतन्त्रका लागि समेत उपयोग भएको पाइन्छ । खासगरी घरजग्गाको कारोबारमा सहकारीको अत्यधिक लगानी छ । सहकारीहरू समस्यामा पर्नुको कारण पनि घरजग्गा कारोबारमा मन्दी आउनुसँग जोडिएको छ । त्यसैले सहकारी लगायत गैरबैंकिङ क्षेत्रलाई नियमनमा ल्याउन सकिएन भने अर्थतन्त्रमा समस्या थपिँदै जाने देखिन्छ । अत: नियामक निकाय बनाउन ढिला गर्नु हुँदैन । यसो नगर्ने हो भने सहकारीलाई पूर्ण रूपमा स्वतन्त्र छाडिदिनुपर्छ । एक लहर ठूलै समस्या भोगेपछि तिनमा शुद्धीकरणको अभ्यास हुन थाल्छ । तर, यो समस्याले मुुलुकको अर्थतन्त्र नै तहसनहस पार्न पनि सक्छ भन्नेमा चाहिँ सतर्क हुनु आवश्यक छ ।

कसले बन्न दिंदैन, सहकारी नियमन गर्ने दोस्रो तहको नियामक ?

सहकारी संस्थाको नियमन र सुपरीवेक्षण गर्ने दोस्रो तहको नियामक निकाय गठन गर्ने विषयमा बहस हुन थालेको अढाइ दशक पुगेको छ । तर, अहिलेसम्म सरकारले न यस्तो नियामक निकाय नै गठन गर्‍यो, न अन्य कुनै उपाय खोज्यो । १२ साउन, काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा भएको विकृति बढ्दै गएकाले तिनको नियमन गर्न […]

टिप्पणी : सरकार नै गिजोल्छ सहकारी

सहकार्यको सिद्धान्तअनुसार नचल्दा नेपालका सहकारी संस्थाहरूमा विभिन्न खाले समस्या देखिइरहेका छन् । यिनको नियमनका लागि बलियो नियामक नभएको बताइरहँदा सहकारीका सञ्चालकहरू बेपत्ता हुने र निक्षेपकर्ताको रकम डुब्नेजस्ता समस्या सतहमा देखिइरहेका छन् । यस्तो समस्या लामो समयदेखि रहँदै आएको छ । तर, समस्या समाधान हुनुको साटो बल्झेको छ ।  नेपालका सहकारी न बैंक तथा वित्तीय संस्था हुन सकेका छन् न त सहकारी नै । नियमन नै कसले गर्ने हो यकीन छैन । सहकारी नियमनका लागि विभिन्न निकायले सूचना भने जारी गर्ने गर्छन् । वास्तवमा सहकारी भनेका स्वनियमनले चल्ने हुन् । तर, सरकारले कहिले कसले त कहिले कसले अनुगमन गर्ने भनेर जिम्मा दिने गर्छ । अहिले आएर सहकारीको अनुगमन स्थानीय तहबाट हुने भनिएको छ । तर, स्थानीय तहमा सहकारीको अनुगमन गर्ने विज्ञ छन् वा छैनन् ? यी सबै अवस्था हेर्दा सरकारले नै सहकारीलाई गिजोलेको देखिन्छ ।  स्थानीय तहमा अहिले बचत फिर्ता नगरेको भन्दै सहकारी सञ्चालकविरुद्ध उजुरीको चाङ लाग्न थालेका छन् । नियामक निकायको कमजोर उपस्थितिकै कारण सहकारीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । संविधानको अनुसूचि ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी रहेको छ । स्थानीय तहले आप्mनो क्षेत्रमा रहेका सहकारीको नियमन गर्ने जिम्मेवारी पाएको छ । तर, यसका लागि स्थानीय तहले सहकारीसम्बन्धी अलग्गै ऐन, कानून ल्याएर नियमन गर्न सकेको अवस्था छैन । खासगरी शहरी क्षेत्रका सहकारीहरूमा यो समस्या बढी देखिएको छ । नेपालमा रहेका करीब ३० हजार सहकारीमध्ये संघीय सरकारको क्षेत्राधिकारभित्र १ सय २५ ओटा सहकारी मात्रै रहेको बताइन्छ । त्यस्तै प्रदेशअन्तर्गत ६ हजार र बाँकी सबै स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छन् । यिनको नियमनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुन जरुरी छ । तर, त्यसो हुन सकेको छैन । नाम सहकारी भए पनि सञ्चालकहरूले यसलाई व्यक्तिगत कम्पनी जस्तो गरेर सञ्चालन गर्दा समस्या बढेको हो । साथै, सहकारीका सदस्यहरूले आप्mनो संस्था सहकारीको मर्म, कानूनी व्यवस्थाअनुसार चलेको छ कि छैन भनेर नहेर्दा पनि सहकारीहरू समस्यामा परेका देखिन्छन् । त्यसैले सहकारीका यी विकृति रोक्न सबैको समन्वित पहल जरुरी देखिन्छ ।

नियामकको अदूरदर्शी क्रियाकलापले बजारमा विकृति

नेपालमा नियामक निकायले बजारलाई नियमन गर्नेभन्दा पनि बजारमा विकृति भिœयाउन मद्दत गर्ने गरेको देखिन्छ । नियामक निकायको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति नभएको होइन । पछिल्ला वर्षहरूमा नियामक नियकाहरू बर्सेनि आ–आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि थालेका छन् । तर, बजारलाई स्वच्छ, प्रतिस्पर्धी, लगानीमैत्री तथा उपभोक्ताको हितलाई संरक्षण गरेर चलायमान बजार बनाउने जिम्मेवारी भएका […]

मलेसियन कम्पनीलाई विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको जिम्मा मलेसियन कम्पनीलाई दिइने भएको छ । नागरिक उड्डयन प्राधिकरणले मलेसियन एयरपोर्ट होल्डिङ वरहडलाई विमानस्थल सञ्चालनसम्बन्धी सम्पूर्ण अवस्था सुधार गर्ने जिम्मा दिन लागिएको जानकारी प्राधिकरणका महानिर्देशक केशव खनालले दिए । उनका अनुसार सो कम्पनीले विमानस्थलको प्रारम्भिक अवस्थाको अध्ययन गरिसकेको छ । अहिले नियामक र सेवप्रदायक दुवैको भूमिका आफैले गरिरहेको प्राधिकरणलाई फुटाएर दुईवटा छुट्टाछुट्टै संस्था बनाउने उहकार्य सुरू गरिएको जानकारी पनि खनालले दिए । त्यसपछि नियामक र उडान सम्बद्ध सेवा प्रदायकका लागि अलग अलग संस्था बन्नेछन् । नेपाल अनलाइनको एसएमएस सेवा बन्द नेपलमा अनलाइनद्वारा विगत ७ वर्षदेखि सञ्चालित नि:शुल्क सन्देश प्रवाह गर्ने ग्लोबल एसएमएस गेट वे टु नेपालले फ्री मेसेजिङ सर्भिस टु नेपाल सेवा बन्द गरेको छ । नि:शुल्क भएका कारण अनावश्यक तथा भ्रामक, अपमानजनक र धम्कीपूर्ण सन्देशहरूसमेत प्रवाहित भएका कारण समाजमा विकृति बढेको भन्दै सेवा बन्द गरिएको संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नि:शुल्क सेवा बन्द गरेको बताउँदै संस्थाले शुल्क तिर्ने सेवामा भने आधा शुल्क लिएर सेवा सुचारू गरिरहेको बताएको छ । वर्ष ५, अंक २४, २०६६, फागुन ३

गलत मनसाय राखेर बिमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ । गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको …

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ । गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, “बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ ।”