आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ

सम्बन्धित सामग्री

आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

आईपीएलको अक्सनमा सन्दीपसहित १५ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ । नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने ज...

आईपीएलको अक्सनमा नेपाली खेलाडी सन्दीप मात्रै, न्यूनतम मूल्य ४० लाख

भारतको चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने छनोट भएका छन्

आईपीएल लिलामीमा आठ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२१ का लागि हुने लिलामीमा आठ नेपाली खेलाडीको नाम दर्ता भएको छ । नेपाली क्रिकेट संघ (क्यान) ले ती खेलाडीको नाम पनि शुक्रबार जारी गरेको छ ।

आईपीएलमा सन्दीपको डेब्यू तर उनकाे बलिङ हेर्न अझै केही घण्टा पर्खिनुपर्ने

वैशाख २९ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यू गरेका छन् । यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । दिल्ली डेयरडेभिल्...

सन्दिपको आईपीएल जर्सी सार्वजनिक

८ चैत, काठमाडौं । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् । सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी …

आईपीएल खेल्ने पहिलो नेपाली: यस्तो छ सन्दीपको खेल यात्रा

नेपालका १७ वर्षीय युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् । आईपीएल

सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली, दिल्ली डेयर डेभिल्सले किन्यो २० लाखमा

इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औँ संस्करणका लागि सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ। यससँगै सन्दीप आईपीएल टिममा आबद्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन्। जारी आईपीएल अक्सनमा सन्दीप लामिछानेको नाम २७६औँ नम्बरमा सूचीकृत थियो। सन्दीपलाई दिल्लीले वेस प्राइस २० लाख रुपैया...