रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ ।
युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताउनुभएको छ ।
युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ । अमेरिकाको युद्ध ...