काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बाहिर नभएको बताएका छन्। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मात्रै पार्टीको नेतृत्वबाट आफूले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। म लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’ उनले भने, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थन मैँ छु। मन्थनबाट निस्किएको