केन्द्रीय नेताहरुको क्षेत्र नम्बर १ मा होडबाजी चल्दा रामचन्द्रकै कारण यसअघिजस्तै शंकर वा गोविन्दलाई क्षेत्र नम्बर २ को टिकट टिएर प्रदीप फेरि पनि तलै पर्न सक्ने सम्भावनाबारे पनि तनहुँमा चर्चा छ । तर, पौडेल यो मान्न तयार छैनन् ।
२०७४ को निर्वाचनमा तनहुँ-२ बाट पराजित नेपाली कांग्रेसका शंकर भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने दाउमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचित एमालेका किरण गुरुङ गठबन्धनभित्रको अन्तरविरोधबाट मत तान्दै प्रतिनिधिसभामा निर्वाचित हुने आशमा छन् ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पौडेलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । ०७४ मा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका पौडेल यसपटक तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी थिए ।
२०४६ सालको परिवर्तनपछि भएका निर्वाचनमा नेपाली कांग्रेसका औलामा गन्न सकिने नेताहरूले मात्र लगातार विजय हासिल गर्दै आएका छन् । तिनैमा पर्छन्– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।
अहिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले यसअघि साबिक तनहँु १ बाट २०४८ तथा तनहुँ २ बाट २०५१, २०५४, २०६४ र २०७० सालको निर्वाचनमा लगातार जित हात पारेका थिए । राजनीतिमार्फत निरन्तर समाजसेवामा लाग्दै आएका पौडेल यसपटक पनि चुनाव जित्नेमा आशावादी छन्।