निर्वाचनले राज्य व्यवस्थामा साधारण जनताको संलग्नता र भूमिकालाई सुनिश्चित गर्दछ। आवधिक निर्वाचन प्रजातन्त्रको आत्मा हो र यसद्वारा जनअपेक्षा प्रतिबिम्बित गर्ने अभ्यास नियमित रूपमा गरिन्छ। बीपी कोइराला भन्नुहुन्थ्यो- ‘चुनाव भनेको स्वेच्छाको वरण हो।’ निर्वाचनको समय जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण र निर्णायक समय हो। यो समयमा विवेकलाई बन्धकी राखेर गलत निर्णय गरियो भने […]