काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ। त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् […]