काठमाडौं : नेपाली काङ्ग्रेसले साउन अन्तिममा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। यसका लागि साउन ३० र ३१ गते देशभरका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएको काङ्ग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
'साउन ३० र ३१ देशभरका स्थानीय सरकारमा निर्वाचित साथीहरुलाई काठमाडौंमा दुई दिन बोलाएर राष्ट्रिय अभिमुखीकरणको कार्यक्रम सञ्चालन गर्दैछौं,' थापाले भने।…