साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

सम्बन्धित सामग्री

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कसरी भयो भ्रष्टाचार ?

तत्कालीन प्रदेश नम्बर २ र हालको मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि साइकल खरिद र वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुई चरणको खरिदमा संलग्न १० व्यक्ति (नाम दोहोरिएका समेत) र व्यापारिक फर्मविरुद्ध मुद्दा दायर ग¥यो । पहिलो चरणमा भएको साइकल खरिदमा १० करोड ३३ लाख ७५८ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहितका ६ व्यक्ति र एक व्यापारिक फर्ममाथि अख्तियारले मुद्दा दर्ता गरेको छ ।मधेश सरकारले छ