भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक गरिएका योजना तथा कार्यक्रमबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने अर्थमन्त्री सितारमणको दाबी छ । आउँदा दिनमा अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भारत सरकारको लक्ष्य छ । बजेटमा भौतिक संरचना निर्माणमा जो...