बजेट - २०२२ : भारतमा यो वर्षदेखि डिजिटल मुद्रा कार्यान्वयनमा, क्रिप्टोमुद्रामा ३० % कर

माघ १८, नयाँदिल्ली । भारत सरकारले मंगलवार लोकसभामार्फत् आगामी वित्त वर्षका लागि बजेट - २०२२ सार्वजनिक गरेको छ । वित्त मन्त्री निर्मला सीतारमणले यो वर्ष पनि पूर्णरुपमा पेपरलेस बजेट- २०२२  सार्वजनिक गरिन् । भारतले सन् २०२१ पनि पहिलो पटक डिजिटल बजेट सार्वजनिक गरेको थियो ।  यो पटक सरकारले भर्चुअल क्रिप्टोकरेन्सी(क्रिप्टोमुद्रा) मा ३० प्रतिशत कर लगाउने घोषणा गरेको छ । बजेट बक्तव्यमार्फत डिजिटल करेन्सीको आयमा ३० प्रतिशत करका साथै भर्चुअल करेन्सीको ट्रान्सफरमा एक प्रतिशत टीडीएस कर पनि लगाउने घोषणा गरिएको छ । चालू आर्थिक वर्षदेखि भारतले अव डिजिटल मुद्रा कार्यान्वयनमा ल्याउने छ । कोरोना खोपको दायरा बढेका कारण भारतमा आर्थिक पुनरुद्धारमा मद्धत मिलेको भन्दै वित्त मन्त्रीले समावेशी विकास, उत्पादन वृद्धि, ऊर्जा परिवर्तन तथा जलवायु चुनौतिलाई सामाना गर्न विकासका चार स्तम्भ रहेको बताइन् । पूँजीगत खर्च तथा निजी क्षेत्रको लगानीबाट नै भारतमा लगानीको चक्र तिव्र गतिमा बहाल हुने पनि उनले बताइन् ।  उनले नयाँ मेनुफ्याक्चरिङ कम्पनीलाई २०२३ मार्च ३१ सम्म  १५ प्रतिशत कर्पोरेट ट्याक्स लगाउने  व्यवस्था भएकोमा  यसलाई लाई एक बर्ष बढाएर  २०२४ मार्च ३१  सम्म  कायम रहने बाताईन ।  आगामी आर्थिक वर्षमा एक उत्पादन, एक रेल- वे - स्टेशन लोकप्रिय बनाउने तथा ४०० ओटा नयाँ बन्दे भारत रेल चलाइने पनि उनले बताइन् ।  उनले लोकसभामा १०६ खर्ब ८० अर्ब भारतीय रुपयाको बजेट प्रस्तुत गरेकी छन्। एजेन्सीहरु