केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?