वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाण्डाै – वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन ।  सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । लामाका चुईं चुईं च...

सम्बन्धित सामग्री

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।