काठमाण्डाै – निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई हिजो आइतवार वडास्तरमा प्रकाशन गराइएको र अब तोकिएको प्रमुख अधिकारीले नाम दर्ता दाबी विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
अब मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरूपमा निवेदन दिइ हटाउन लगाउनुको साथै एकै व्यक्तिको एक वा एकभन्दा बढी ठाउँबाट नामावली सङ्कलन भएको भए हटाइन...