काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् ।
आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले...