काँग्रेसको आन्तरिक प्रतिस्पर्धामा यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णाली प्रदेशमा यो पटक भने पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी पारेको छ । १० जिल्ला रहेको कर्णालीका सात जिल्लामा अधिवेशनमार्फत काँग्रेसको जिल्ला सभापतिको टुङ्गो लागिसकेको छ । जसमध्ये ६ वटा जिल्लामा देउवा पक्षले नेतृत्व हासिल गरेको छ ।अहिलेसम्म कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, जाजरकोट र सल्यान जिल्लामा पार्टी सभापतिको टुङ्गो लागिसकेको छ । जसमध्ये कालिकोटमा पौडेल पक्षधर नेता अम्मर