उद्योग वाणिज्य संघ प्रदेश-१को अध्यक्षमा ढकाल

झापा– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश –१को बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभाले झापा भद्रपुरका पुराना उद्योगी टिकाराज ढकाललाई प्रदेश–१को अध्यक्षमा चयन गरेको छ । साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । ढकाल झापा उद्योग संघका अध्यक्ष पनि हुन् । त्यस्तै सदस्य पद्मा युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कट्वाल, विरेन्द्रकुमार शाह, प्रितम खड्गी निर्वाचित भएका छन् […]

सम्बन्धित सामग्री

डिजिटलाइजेसनको विकल्प छैन : महासंघ उपाध्यक्ष हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले डिजिटलाइजेसनको विकल्प नरहेको बताएका छन् । शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘एनसीआइसीके डिजिटल एक्पो २०२४’को उद्घाटन समारोहमा बोल्दै महासंघका उपाध्यक्ष ढकालले डिजिटलाइजेसनको विकल्प नरहेको बताएका हुन् । विश्वका सबै राष्ट्रहरूसँगै नेपालले पनि डिजिटल प्रविधिमा जानुपर्ने उनको भनाई छ । ढकालले भने, ‘आजको युगमा […]

ब्याजदर घटाउन उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने

नेपाल उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई बधाई एवं स्वागत गर्ने...

उद्योग वाणिज्य संघ इटहरीमा पराजुली

सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा उनी अर्का उम्मेदवार रञ्जु सिग्देललाई पराजित गर्दै विजयी भएका हुन् । आइतवार प्राप्त मत परिणामअनुसार १९ सदस्यीय कार्यसमितिमा पराजुली प्यानलको बहुमत देखिएको छ । निर्वाचनमा ४ हजार ८१० मतमध्ये २ हजार ७९० मत खसेको थियो । पराजुलीले १ हजार १८६ मत र सिग्देलले ८४७ मत प्राप्त गरेकी छिन् । निर्वाचनबाट पराजुली प्यानलबाट महिला सदस्यमा सबिना कोइराला (शोभा) र मिना ढकाल विजयी भएका छन् । उद्योगतर्फ सिग्देल प्यानलका अभिषेक बस्नेत, राजेन्द्र केशरी घिमिरे, दिलिप पराजुली र पराजुली प्यानलका विष्णु नारायण डाँगी नयाँ कार्यसमितिमा चयन भएका छन् । २२ जना मतदाता रहेको वस्तुगततर्फ विनोद पौडेल र उमानाथ दाहाल विजयी भएका छन् । वाणिज्य सदस्यमा सिनेट रिजाल, राकेश श्रेष्ठ, ध्रुव अधिकारी, बलबहादुर न्यौपाने, सञ्जय शाह, अशोक अग्रवाल, शन्नी चौधरी, सुरेश कार्की, ढुण्डीराज गुरागाईं विजयी भएका छन् । एसोसिएट सदस्यमा राजीव घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

विकास र लगानीका लागि प्रतिस्पर्धा गर्नुपर्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपस

नेपाल–इटली उद्योग वाणिज्य संघ अध्यक्षमा ढकाल

काठमाडौ । नेपाल–इटली उद्योग वाणिज्य संघकाे नयाँ कार्यसमिति चयन गरिएकाे छ । नवराज ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हाे । संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।  नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई...

अर्ग्यानिक उत्पादन बढाऔँ : उपाध्यक्ष ढकाल

जुम्ला । उद्योग वाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्क राष्ट्रका उपाध्यक्ष चण्डीराज ढकालले जुम्लाले अर्ग्यानिक उत्पादन बढाएर विश्व बजार सम्मा पुर्‍याउनु पर्ने बताए । उनले उद्योग क्षेत्रमा परिवर्तन ल्याउनका जुम्लाको स्थानीय उत्पादन बढाउनु पर्ने बताएका हुन् । उद्योग वाणिज्य संघ जुम्लाको १६औं साधारणसभाको उद्घाटन कार्यक्रममा ढकालले जुम्ला र कर्णालीको स्थानीय अर्ग्यानिक उत्पादन बढाउन सकेको […]

व्यवसायमैत्री नीति बने लगानीको खोलो बग्छ : उपाध्यक्ष ढकाल

२० मंसिर, बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति बनाउन सके नेपालमा लगानीको खोलो बग्ने बताएका छन् । विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण आर्थिक विकासमा फड्को मारेको औंल्याउँदै ढकालले नेपालमा लगानीमैत्री वातावरण अझै नबनेको गुनासो गरे । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्वोधन गर्दै […]

मुलुकमा व्यवसाय मैत्री नीति बने लगानीको समस्या नहुने:वरिष्ठ उपाध्यक्ष ढकाल

यमलाल भुसाल, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको नीति राम्रो बनाउन सक्ने हो भने लगानीको खोलो लाग्ने बताउनु भएको छ । विकसित भएका मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको पनि उहाँले बताउनु भयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्वोधन गर्दै […]