१३ भदौ, जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् । सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न […]