कैलाली। सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीको बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३० वर्षीय युवक आज बिहान बसपार्कको प्रतीक्षालयमा मृत अवस्थामा भेटिएका हुन्। परीक्षणका लागि शव सेती प्रादेशिक अस्पतालमा राखिएको र मृत युवकको परिचय तथा मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।