गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।बजेटमा चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् कुल बजेटको ३६.९५ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.९३ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्त