रवि लामिछानेलाई म प्रतिस्पर्धी ठान्दिनँः कृष्णभक्त पोखरेल

काठमाडौं, २४ असोज । नेकपा एमालेका कृष्णभक्त पोखरेलले चितवन २ मा आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । ‘२०७४ मा मैले १७ हजारको मतान्तरले जितेको हुँ । स्थानीय तहमा पनि गठबन्धनभन्दा हाम्रो मत बढी छ । म यहाँका जनताको दैनिक दिनचर्यासँग जोडिएको छु । सांसदका रुपमा १७६ वटा कानुन मेरो नेतृत्वमा निर्माण भएको छ । […]

सम्बन्धित सामग्री

रवि लामिछाने १२ हजार मतले अगाडी, दोस्रोमा श्रेष्ठ

काठमाडौं, ७ मंसिर । जारी मतगणना अनुसार चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । पछिल्ले मत परिणामअनुसार लामिछानेले २२ हजार ६४ मत ल्याएर पहिलो स्थानमा छन् । सत्तागठबन्धनका उमेश श्रेष्ठ भने १० हजार ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । त्यस्तै, एमालेका कृष्णभक्त पोखरेल १० हजार ४५ मत ल्याएर […]

रवि लामिछाने १४ सय मतले अघि

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल भन्दा १४ सय ५ मतले अघि छन्। पछिल्लो मतगणना अनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत ल्याएका छन् भने पोखरेलले ४ हजार ३ सय ९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ८ सय ५३ मतका साथ तेस्रो […]

चितवन-२ मा रवि लामिछाने दोस्रोमा उक्लिए

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा तेस्रो भएका लामिछाने अहिले दोस्रो स्थानमा आएका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  उमेश श्रेष्ठलाई पछि पारेका हुन्छ। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले लिड गरिरहेका छन्। मतगणना अपडेट : ८२८४ गणना हुँदाकृष्णभक्त पोखरेल (सुर्य): २९१९रवि लामिछाने (घन्टी): २४९५उमेश श्रेष्ठ (रुख): २३४०

रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै

चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् । मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन्।

चितवन २ मा ३ सय मत गन्दा रवि लामिछाने तेस्रो

काठमाडौँ– चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाल स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने तेस्रो स्थानमा छन्। कुल ३ सय मत गन्दा रविले २५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर पोखरेललाई पच्छाइरहेका छन्।

चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् । पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले […]

रवि लामिछाने उठेकाे क्षेत्रमा मत गणना सुरु

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन […]

रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

चितवन-१ बाट कांग्रेसबाट विश्व पौडेल उम्मेदवार

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार बनाएको छ। पौडेल योजना आयोगका उपाध्यक्ष थिए । यसअघि चितवन २ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । सो क्षेत्रबाट रवि लामिछाने पनि चुनाव लड्दैछन् । यस्तै, एमालेबाट कृष्णभक्त पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् ।