कोटेश्वरमा ट्रक र माइक्रोबस ठोक्कियो

काठमाडौँ- काठमाडौंको कोटेश्वरमा सोमबार साँझ ट्रक र माइक्रोबस ठोक्किएर  दुर्घटना भएको छ। प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रोबस ठोक्किएर दुर्घटना परेको हो। रत्नपार्कबाट भक्तपुर जाने रुटमा चल्ने  माइक्रोबस र ट्रक दुर्घटनामा परेको हो। क्षतिको विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा एक महिलाको मृत्यु

तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङजाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्प

बाराको सडकमा चालकको स्वास्थ्य र सवारीसाधनको यान्त्रिक परीक्षण

काठमाडौँ- बाराको अमलेखगञ्जबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बारा जिल्लामा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी ५८० वटा सवारीसाधनको अवस्था र सो सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो । बारामा सवारी दुर्घटना बढिरहेको हुँदा ट्राफिक प्रहरीले सडकमै चालकको […]

सडक भासिँदा बागलुङ–बेनी यातायात अवरुद्ध

म्याग्दी : बेनी नगरपालिका–१ को रइने डाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। एक हप्तायता रइने डाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए। ‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र

प्रदेश १ : कुन सवारी साधनमा कति कर वृद्धि ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०७९/०८० मा चालू आर्थिक वर्षको भन्दा ८८ करोड बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी साधनहरुमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको छ । कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी साधनमा पनि प्रदेश सरकारले विभिन्न करका दर वृद्धि गरेको छ । तर, प्रदेश सरकारले ठूला सवारी साधन डोजर एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणमा भने वार्षिक कर

धादिङमा ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा  ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक ...

धादिङमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

तनहुँमा ट्रक र माइक्रोबस एकापसमा ठोक्किए, दुई जनाको मृत्यु :: Pahilopost.com

दमौलीः तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुबै जनाको मृत्यु भएको हो। उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किदा तीन जनाको मृत्यु, ९ जना घाइते

काठमाडौँ ।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।   शुक्रबार बिहान करिब ७ः३० बजे चुम्लिङटारको पानीधारास्थित सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको ...

ट्रक र माइक्रोबस ठोक्कियो, आधा दर्जन घाइते

दाङ। दाङमा ट्रक र माइक्रो बस एकआपसमा ठोकिदा आधा दर्जन यात्रु घाइते भएका छन् ।  अमिलिया तुलसीपुर सडकखण्डको दमारगाउँमा एको…