विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारेपछि सो पार्टीमा हलचल उत्पन्न भएको छ । सोही पार्टीका अर्का संयोजक मिलन पाण्डेले उनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको स्पष्ट पारेका छन् । ‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो’, पाण्डेले ट्वीटरमार्फत भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धि