भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने गरिन्छ । मोतीपुरा गाउँ मापसेको त्रासदीलाई लामो समयदेखि झेल्दै आएको थियो । मापसेकै कारण पतिको मृत्यु भएका कारण गाउँमा कम्तीमा एक सय महिला विधुवा भइसकेका छन् ।यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका ल