काठमाडौं : स्थानीय तह निर्वाचनमा ७० भन्दा बढी पत्रकार उम्मेदवार बनेका छन्। अहिले विवरण संकलन तथा अनुगमनको काम भइरहेकाले उम्मेदवारी दिने पत्रकारको संख्या १०० पुग्नसक्ने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। महासंघले जारी गरेको निर्देशनअनुसार कतिपयले पदबाट राजीनामा दिएर उम्मेदवार बनेको महासंघले जनाएको छ। राजीनामा नदिनेहरू स्वतः निलम्बनमा परेको महासचिव पुरीले बताए। उनका अनुसार महासंघका दुईजना केन्द्रीय सदस्यले राजीनामा बुझाएका छन्। प्रदेश उपाध्यक्ष तथा सचिवहरूले पनि राजी