सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले रातोपाटीलाई बताए । सोमबार दिउँसो मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो । सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी उपर