मुगु, मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो …
काठमाडौँ । सङ्खुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, […]
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले रातोपाटीलाई बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बराम
काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा […]
भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।...
मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा मारिएका ६ जनाको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटनास्थल आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको सिआइबी टोली घटनास्थल आइपुगेको हो ।...
संखुवासभामा मादी नगरपालिका–१, उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको २४ घण्टापछि मात्रै अनुसन्धान शुरू भएको छ ।
दुईवटा कुकुरसहित घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान शुरू गरेको हो ।
धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमवार राति अबेर मात्रै घटनास्थल पुगेको थियो । यस्तै विराटनगरबाट पनि एउटा टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।
मंगलवार बिहान १० बजेबाट घटनास्थलको अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाए...