विकास समितिमा सांसद गजेन्द्रबहादुर महत

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाए ।हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोशसमेत व्यक्त गरे । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको […]

सम्बन्धित सामग्री

सडक पिच नहुँदा जुम्लाको स्याउ बाटैमा कुहिन्छ : गजेन्द्रबहादुर महत

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले पहुँचको आधारमा मात्र विकास हुने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय मागेर बोल्दै उनले शहरी क्षेत्र र मन्त्री बस्ने ठाउँको बाटो चार पाँच पटक पिच हुँदा पहाडी क्षेत्रमा भने कोटासील गरेको १० वर्ष पुग्दासम्म पनि राज्यले बेवास्ता गरको बताएका छन्।

एमालेले बोल्न नदिएको भन्दै सांसदले  बुझाए सभामुखलाई तालाचाबी (भिडियो)

संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र चाबी सभामुखलाई बुझाएका हुन् । त्यस क्रममा उनले भने ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म

बाटोमा सांसदको लोगो लुकाएर हिड्छौं : सांसद महत

काठमाडौं। सांसद गजेन्द्रबहादुर महत बाटोमा हिँड्दा सांसदको लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले गरिबलाई निःशुल्क विद्युत वितरण गर्ने भन्ने मन्त्रीको भनाईलाई उद्रित गर्दै भने,“एउटा गफाडी सरकारलाई बिदाइ गर्यौं। अर्को पनि यस्तै हुन्छ की भन्ने डर लाग्यो। कर्णालीमा खनखनी पैसा तिरेर बत्ती बाल्छु भन्दा पाएका छैनन्।”उनले थपे,“तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय,हामी अगुल्टोले हान्दा पनि तर्सन्छौं।”

सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुगेका छन् । उनी तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगेका हुन् ।...

जुम्ला प्रतिनिधीसभामा गजेन्द्रबहादुर महत विजयी

जुम्ला प्रतिनिधिसभा सदस्यमा वामगठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत भारी मतका साथ विजयी भएका छन ।

जुम्लामा माओवादी उम्मेदवार गजेन्द्रबहादुर महत विजयी

प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी भएका छन् । उनी २२ हजार एक सय ७३ मत ल्याइ विजयी भएका हुन् ।