संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र चाबी सभामुखलाई बुझाएका हुन् । त्यस क्रममा उनले भने ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म