कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि भन्सारमा आयात आधा घटेको छ ।
उच्च सतर्कता अपनाएर आयातलाई निरन्तर गरिएपनि कैलालीको त्रिनगर भन्सार नाकाहरुबाट सामान्य अवस्थाको भन्दा लकडाउनमा आधा मात्रामा आयात भइरहेको हो । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा मात्रै राजस्व संकलन गर्न सकेको छन् ।
लकडाउनका कारण धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाए ।