निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)संग जवाफ माग गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमा एकीकृत समाजवादीसंग जवाफ मागरिएका जानकारी दिनुभएको हो । उहाँका अनुसार सो पार्टीले गत शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन …