अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ । जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रुपमा अस्वीकार्य’ रहेको […]