ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम