जीर्ण पुलका कारण आवतजावतमा समस्या

दोधरा–चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुंगे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ । मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण […]

सम्बन्धित सामग्री

मिरगञ्ज पुल तत्काल मर्मत गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण मिरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालवाहक सवारीसाधन आवतजावतमा समस्या परेको भन्दै उनीहरूले सरकारसँग सो माग गरेका हुन् । पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालवाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महँगीको चपेटामा पर्ने भएकाले व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो । करीब तीन महीनादेखि बिग्रिएको सो पुलको छेउमा अर्को पुल सुस्त गतिमा निर्माण भइरहेकाले छ । पटक पटक समस्या आउने गरेको मिरगञ्ज पुलका कारण पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मिरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुल तीन दिनभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मिरगञ्ज पुलको जीर्णाेद्धार तत्कालै शुरू गर्नुपर्ने माग उनले राखे । रासस

जीर्ण पुल निर्माण नहुँदा उद्योगलाई समस्या

विराटनगर (अस) । मोरङको विराटनगर र कटहरी गाउँपालिका जोड्ने सिंघिया खोलाको पुल जीर्ण बन्दा कटरीका उद्योगलाई समस्या भएको छ । उद्योगका कच्चापदार्थ र उत्पादित सामग्री बोकेका ४० टनसम्म भारका ट्रक आवतजावतमा जीर्ण पुलका कारण जोखिम भएको भन्दै उद्योगीले पुल निर्माणका लागि पहल गरिदिन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । मंगलवार मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा गएको टोलीले प्रमुख जिल्ला अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पुल निर्माणको पहल गरिदिन ज्ञापनपत्र बुझाएका हुन् । कुनै पनि निकायले पुल निर्माणको जिम्मा नलिएकाले आफूहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष मुन्दडाले बताए । दैनिक हजारौं टन सामग्री लिएर जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै उनले दुर्घटना भइहाले कटहरी क्षेत्रमा रहेका उद्योग बन्द हुने र हजारौंले रोजगारी गुमाउनुपर्ने अवस्था आउने उनले बताए । यसबारे आफूहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनको भनाइ छ । मोरङको कटहरीमा ठूला साना गरी १५० उद्योग छन । ती उद्योगका कच्चापदार्थ र तयारी वस्तु बोकेका ५०० भन्दा बढी गाडी दैनिक सिंघिया पुल हुँदै आवजजावत गर्छन् । तर पुल पुरानो र जीर्ण बनेकाले जुनकुनै बेला भत्कने खतरा रहेको छ ।

जीर्ण पुलका कारण आवतजावतमा समस्या

कञ्चनपुर, ७ साउन: दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ । मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी […]