नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएकाले आफुहरु सहमतिमा आएको बताएका छन् । उनले सरकार तत्पर रहेपछि एकपटक हेर्न कै लागि भएपनि सरकारको कदममा साथ दिइएको बताए । यद्यपि सरकारले कार्यान्वयनका सन्दर्भमा गम्भीर नभएको खण्डमा पुनः त्यसको विकल्प सोच्नुपर्ने बाध्यता माओवादीसँग रहेको उनको भनाई छ । सोमबार प्रदेशसभाको दशौं अधिवेशनको २६ औं बैठकमा बोल्दै उनले भने,‘ संसद र सरकारको समीक्षा गर्नुपर्छ भनेर