जिल्ला प्रहरी परिसर ललितपुरले दशैं र तिहार लगायत चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झै–झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन