सार्वजनिक जग्गामा बनेका संरचना हटाइँदै

दमौली । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरू गरेको छ । नगरपालिकाले बुधवारदेखि नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन थालेको हो । पहिलो चरणमा बुधवार व्यास नगरपालिका–२ स्थित जनजागृति टोलमा निर्माण गरिएका संरचना हटाइएको छ । स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशिला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना वडाध्यक्ष काशीराम श्रेष्ठको उपस्थितिमा नगरपालिकाले भत्काएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको नगरपालिकाका घरनक्सा शाखाका नासु भाग्यशाली ढुंगानाले जानकारी दिए । नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचित गरेको थियो । उक्त सूचना जारी भएको एक महिना पुग्दा पनि नगरपालिकाले निर्णय कार्यान्वयन नगरेको भन्दै सञ्चारमाध्यमको तर्फबाट दबाब सृजना गरिएपछि नगरपालिकाले घरटहरा भत्काउन थालेको हो । नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएकाले अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइने जानकारी दिए । नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डांगेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । नगरभित्र सरकारी जग्गा मिचेर १४ ओटा घर निर्माण भएको छ । ४८ ओटा संरचना अनियमित तरिकाले बनेका छन् । त्यसमध्ये १४ ओटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले बताएको छ । रासस

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौँ, ११ साउन । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य […]

सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काउन माग

बाल सङ्गठन कैलाली शाखाको स्वामित्वमा रहेको सार्वजनिक जमिन अतिक्रमण गरेर संरचना बनाएपछि सरोकारवालाले भत्काउन जिल्ला प्रशासन सँग माग गरेका छन्।...

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना […]

शुक्लागण्डकीमा अतिक्रमित संरचना हटाइने

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन,

सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन नर्भिकले समिति गठन गर्ने

काठमाडौँ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौँ महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलवार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । नर्भिकले आफूले कानून अनुसार जग्गा […]

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

२४ साउन, काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । नर्भिकले आफूले कानून अनुसार […]

व्यासमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

दमौली । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले […]

व्यासमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।“सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी