डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालसाक्य बौद्व गुम्बाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । […]